दफा १७
राहदानी रोक्का राख्न सकिने
: (१) सङ्गठित अपराधको अनुसन्धानको सिलसिलामा सो अपराधको गम्भीरता, अपराध गर्दाको अवस्था, अपराधको मात्रा र सो अपराध ठहरेमा हुन सक्ने सजायलाई विचार गर्दा सो अपराधको आरोप लागेको व्यक्तिलाई राहदानी जारी नगर्न र निजका नाममा राहदानी जारी भइसकेको भए त्यस्तो राहदानी रोक्का गर्न आवश्यक देखिए अनुसन्धान अधिकारीले त्यस्तो व्यक्तिलाई राहदानी जारी नगर्न वा निजका नाममा राहदानी जारी भइसकेको भए राहदानी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएकोमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिको नाममा राहदानी जारी गर्न हु“दैन र राहदानी जारी भइसकेको भए त्यस्तो राहदानी रोक्का राख्नु पर्नेछ ।